Best price

Expiredयती एअरलाइन्समा प्रत्येक दिन रु. ५०० सम्म क्यासब्याक(updated)

NIC Asia

  1. Oloctroalयती एअरलाइन्सको टिकटमा प्रत्येक दिन ५०० रुपैयाँसम्म क्यासब्यास अफर चलिरहेको छ । यती एअरलाइन्सले माछापुच्छ्रे/कुमारी/एन आइ सी एशिया/लक्ष्मी /एन एम बि बैंकसँगको सहकार्यमा यो सुविधा आफ्नो मोबाइल एप वा वेबसाइट मार्फत् टिकट बुक गर्ने यात्रुहरुलाई दिइरहेको छ ।

रू. ५०० डिस्काउण्ट प्राप्त गर्नका लागि यात्रुहरुले टिकट खरिद गर्दा माछापुच्छ्रे,कुमारी, एन आइ सी एशिया,एन एम बि, लक्ष्मी  बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत् भुत्तानी गर्नुपर्ने छ । फ्लाइट बुकिङ्गलाई प्रचलित बनाउन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि “क्यासब्याक एभ्रिडे अफर”ल्याइएको  हो ।

यस अफरअन्तर्गत, फ्लाइट बुकिङ्गमा रु. ५०० सम्म दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा स्वतः रु. २०० घट्नेछ भने बाँकी रहेको रु.३०० बुकिङ्गकर्ताको बैंक खातामा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर आषाढ १०, २०७९ देखि एक महिनासम्मको लागि लागू हुनेछ ।

 

क्यासब्याक पाउन के गर्नुपर्छ ?

तत्काल डिस्काउण्ट र क्यासब्याक प्राप्त गर्न यात्रुहरूले यसरी टिकट खरिद गर्नुपर्नेछः

  • यती एअरलाइन्सको एप (http://hp3t7.app.link/kdFfFiKmGib) डाउनलोड गरी रजिष्ट्रर गर्नुहोस् वा https://www.yetiairlines.com/मा जानुहोस् ।
  • आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह छनौट गरी फ्लाइट Search गर्नुहोस् ।
  • आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर Next मा ट्याप गर्नुहोस् ।
  • आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र शर्त तथा नियमहरु Agree गरी Continue मा ट्याप गर्नुहोस् र आफ्नो विवरण पुनः जाँच गरी यदि ठीक छ भने Proceed मा थिच्नुहोस् ।
  •  बैंकको डेबिट वा क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गर्नुहोस् ।
  • टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो बैंक खातामा सात दिनभित्रमा क्यासब्याक पाउनुहोस् ।

Any Doubts? Ask Offermandu

यती एअरलाइन्समा प्रत्येक दिन रु. ५०० सम्म क्यासब्याक(updated)
यती एअरलाइन्समा प्रत्येक दिन रु. ५०० सम्म क्यासब्याक(updated)
>
Offers and deals in Nepal
Logo