स्मार्ट टेलिकमले ‘दुईपछि फ्री’ अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुनेछ । पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिने भएको छ ।

‘नेटवर्क जसले दिन्छ तपाईंलाई धेरै’ भन्ने नाराका साथ अघि बढिरहेको स्मार्टले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँचलाई बढवा दिन यो योजना अघि बढाएको हो । यो योजना प्रयोगका लागि स्मार्ट प्रयोगकर्ताले *१४१*१*५*१# डायल गरी सेवा सुचारू गर्नसक्ने छन् ।

ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *