अनलाईन सिकाई प्रविधिलाई प्रवर्द्धन गर्दै विधालय र विध्यार्थीलाई सघाउँदै आएको Veda ले ” हात हातमा शिक्षा ” नामक अभियान सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत आफ्नो अनलाईन कक्षाको अनुभव ३० सेकेण्डको भिडियोमा समेट्नुपर्ने छ। यस अभियानमा शिक्षक र विद्यार्थी दुवै सहभागी हुन पाउनेछन्।

यो अभियान सामाजिक सञ्जाल फेसबुकमा एक महिनासम्म चल्नेछ । यसका लागि वेदले खल्ती मोबाइल वालेटसँग सहकार्य गरेको छ । कोभिड–१९ को समयमा अनलाइन शिक्षालाई सफल बनाउन विद्यार्थी र शिक्षकले गरको योगदानलाई सम्मान गर्न कम्पनीले यो ‘हातहातमा शिक्षा’ सञ्चालनमा ल्याएको हो । 

यो योजनामा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडिओ बनाउनुपर्ने छ । जसलाई उनीहरुले आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ ।

भिडिओमार्फत आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार समेत प्रदान गरिनेछ । 

कसरी सहभागी हुने ? 

  • यो क्याम्पेनमा सहभागी हुन शिक्षक तथा विद्यार्थीले आफ्नो अनलाइन कक्षाकाे अनुभव सहितकाे भिडिओ फेसबुकमा सबैले देख्न सकिनेगरी शेयर गर्नुपर्नेछ ।
  • यसरी बनाएको भिडिओ कम्तिमा ३० सेकण्डको हुनुपर्ने छ ।
  • वेदको फेसबुक पेज लाइक तथा फलो गर्नुपर्नेछ ।
  • भिडिओ पोस्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु गर्नुपर्नेछ ।

यस्ता छन्, उपहार

  • वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
  • फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स । 
  • न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ ।
  • साप्ताहिक पुरस्कार अन्तर्गत कारखानामार्फत नौ जनालाई विशेष पुरस्कार ।
  • हरेक सहभागीलाई खल्ती वालेटमा सय रुपैयाँ नगद । 

यस आर्टिकलको केही अंश टेकपाना बाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *