VoLTE प्रविधि LTE प्रविधि मार्फत कल गुणस्तर बढाउने एक प्रविधिलाई VoLTE भनिन्छ। यसको पुर्णरुप Voice Over Long Term Evolution हो l

LTE प्रविधि के हो?

LTE को को पुरा रुप Long Term Evolution हो। यो 4G पछाडिको प्रविधि हो। 4G का केही मापदण्डहरु छन् जुन केही फोनहरुले पुरा गर्न सक्दैन्न यस्तो अवस्थामा ती फोनहरुमा LTE लो प्रयोग हुन्छ‌। 4G भनिएका अधिकांश फोनहरुमा वास्तवमा LTE प्रयोग भएको हुन्छ।

VoLTE किन प्रयोग गर्ने?

सामान्यतया 2G वा 3G को प्रयोग गर्दा प्रयोगकर्ताहरुको कल समय लाग्ने, आवाज काटिने, जस्ता समस्या आउछन। VoLTE ले यस्ता विभिन्न समस्या समाधान गरेर आवाजको गुणस्तर बढाउछ।

VoLTE प्रयोग गर्नका लागि आवश्यक कुराहरु

१. दुवै तर्फ प्रयोग भएका फोनहरुले VoLTE लाई सहायता गर्नुपर्छ,

२. प्रयोग गरिएको दुरसञ्चार प्रविधि (sim) VoLTE हुनुपर्छ।

नेपाल टेलिकममा VoLTE नेपालना पहिलो पटक सन् २०२१ को विश्व दुरसञ्चार दिवसको अवसर पारेर यो प्रविधि नेपाल टेलिकमले सार्वजनिक गरेको हो। यो प्रिपेड र पोस्टपेड दुबैमा उपलब्ध छ। हाललाई यो 4G विस्तार गरिएका सहरहरुमा मात्र उपलब्ध छ।

कसरी active गर्ने त Vo LTE सेवा ?

NTC प्रयोगकर्ता ले *444# डायल गरि 2 नम्बर रोजेपछि यो सेवा सुरु हुन्छ , कुनै शुल्क लग्दैन । सेवा प्रयोग गरेबापत २८ दिनको लागि १०० मिनेट फ्री कल पनि प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *