अलिबाबाको स्वामित्व रहेको नेपालकै ठूलो ई-कमर्श दराज मा जोकोहिले पनि आफ्नो उत्पादन वा आफ्नो पसलमा भएको सामान बेच्न सकिन्छ। यहाँ आफ्नै उत्पादन हुनुपर्छ भन्ने छैन, अरुको उत्पादन पनि दराज भित्र आफ्नो अनलाईन पसल निःशुल्क खोलेर सामान बिक्री गर्न सकिन्छ। यसरी सामान बिक्री भएको खणडमा दराज ले केहि कमिशन लिन्छ।

किन खोल्ने त दराज मा आफ्नो अन्लाईन पसल?

१. निःशुल्क खाता,

२. निःशुल्क प्याकेजिङ्ग मेटेरियल,

३. निःशुल्क फोटोसट (उत्पादन/सामानको फोटो)

यसरी बिक्री गर्दा तपाईको पसल वा उत्पादन र व्यापार देशैभरी फैलन्छ, संगै व्यापार र मुनाफा पनि बढ्दै जान्छ।

Daraz seller बन्नको लागि के-के आवश्यक छ त?

१. व्यापार लाइसेन्स वा व्यापार दर्ताको प्रमाणपत्र

२. बैंक विवरण

३. निजी विवरण

यसरी आफ्नो उत्पादन वा आफ्नो बिक्री गरिरहेको अन्य उत्पादन daraz मा अन्लाईन पसल खोली बिक्री गर्न सकिन्छ। यसो गर्दा सीमित क्षेत्रमा समेटिएको आफ्नो व्यापार देशैभरी फेलने मौका पाउँछ। थप जानकारी र गुनासोको लागि daraz सहायता नम्बर  015970597 मा कल गरी बुझ्न सक्नुहुन्छ। “जमाना अनुसार चल्न सिकौँ, व्यापारलाई जतिसक्दो चाँडो अनलाईनमा लैजाऔँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *